Logo

प्रमुख समाचार

थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ।

हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।योसहित हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११५८ जना पुगेको छ ।

यसअघि हिजो संक्रमित संख्या छ हजार नाघेको थियो । हिजो ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको थियो ।

हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।
लकडाउन खुकुलो बनाएपछि संक्रमितको संख्या झन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ११७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। जसमध्ये ८ महिला र १०९ पुरुष रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।