उपत्यकामा वायु प्रदुषण बढेपछि आज पनि आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । शुक्रबारदेखि बढेको वायु प्रदुषणका कारण उडान प्रभावित भएका हुन । आज आन्तरिक उडान पूर्ण रुपमा बन्द रहेको त्रिभुवन विमानस्थल टर्मिनल ड्युटी अफिसरले अनलाइनपानालाई जानकारी दिए । उनकाअनुसार बाह्य उडानतर्फ एअर इण्डियाको फ्लाईट बाहेक अन्यको भने उडान हुने भएको छ । उनले…