भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपबिरुद्ध प्रचण्डले निकालेको विज्ञप्तिका कारण सत्तारुढ दलभित्र व्यापक खैलाबैला भएको छ । प्रचण्डले भेनेजुएला प्रकरणमा चिप्लिएर अमेरिकाबिरुद्ध विज्ञप्ति निकालेको भन्दै प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सार्वजनिक टिप्पणी गरेपछि बिहिबार प्रचण्डले पनि ओलीलाई सार्वजनिकरुपमै जवाफ दिएका छन । पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको…