Logo

स्वास्थ्य

अमेरिकाले पहिलाेपटक कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न अमेरिकाले दियाे स्वीकृति



अमेरिकाले पहिलाेपटक कोरोना संक्रमितको उपचारमा प्रयाेग हुने एन्टिभाइरल औषधि ‘रेम्डेसिभिर’लाइ पूर्ण रूपमा स्वीकृति दिएकाे छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले रेम्डेसिभिरकाे क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाइ औषतमा ५ दिनले कम गराएको पाइएकाे भन्दै स्वीकृति दिएकाे हाे ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भने काेराेना संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रभावकारिता कम रहेको बताएकाे थियाे । तर अमेरिकामा चुनावी मुद्दा नै बनिरहेकाे काेराेनाविरूद्धकाे ‘भ्याक्सिन वा प्रभावकारी उपचार’का लागि रेम्डेसिभिर काम लाग्ने देखिएकाे भन्दै अमेरिकाले पूर्ण स्वीकृति दिएको हो ।

बिबिसीका अनुसार नसाहरूमार्फत् दिइने यो औषधी यसअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित हुँदा दिइएको थियो । एफडीएले उक्त औषधि १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई मात्र दिन सकिने जनाएको छ ।

यसअघि गत मे महिनामा अमेरिकामा आपत्कालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभिर औषधीलाई अनुमति दिइएको थियो भने बिहीबार यसलाइ पूर्ण स्वीकृति दिइएकाे हाे ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।