नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिभिन्न समयमा कांग्रेस छाडेर अन्य पार्टीमा गएकाहरूलाई पुन कांग्रेसमै फर्कन आग्रह गरेका छन् ।
कम्युनिष्टहरुले देश कब्जा गर्न लागिसकेको बताउंदै डा कोइरालाले भने बिगतमा हामीबाट गल्ती र कमजोरी भयो । तपॉईहरुको सही मुल्यांकन हुन सकेन। अहिले पार्टी र लोकतन्त्रमाथी चारै तर्फबाट प्रहार भैरहेको छ। प्रजातन्त्रका लागी लड्नुभएका साथीहरु सबै कुरा बिर्सेर कांग्रेसमा फर्कनोस् ।
पार्टी भित्र अब मुल्यांकनको परिपाटी बस्ने बताउंदै कोईरालाले आउॅदो निर्बाचनदेखी पार्टीभित्र कसैलाई अन्याय हुन नदिने प्रतिबद्धता पनी जनाए ।
काभ्रेको धुलिखेलमा पार्टीको जागरण कार्यक्रम अन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले नेताहरुका नाममा जिल्ला जिल्लामा गुट नचलाउॅन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेसका सभापती मधु आचार्य,क्षेत्रिय सभापतीहरु( कंचनचन्द्र बादे,तिर्थ लामा,महेश खरेल र रमेश हुमागाई,पुर्वसांसद कमला थापा,प्रदेश सभा उमेदवार गणेश लामा र सुन्दरमणी आचार्यले सरकारको रबैया बिरुद्ध एकजुट हुन आग्रह गरे। केन्द्रिय निती,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले प्रशिक्षण दिएका थिए ।




















प्रतिक्रिया