Logo

कर्पोरेट फोकस

भुकम्पले बदलिएको एउटा बस्ती – ‘प्युटार’



प्युटार दक्षिण ललितपुरको दुर्गम गाँउ प्युटार आजकल फेरिएको छ । हिजोको परम्परागत गाँउले परिभेष यो बस्तीबाट आजकल हराउदै गएको छ ।

२०७२को भुकम्पले उडाडिएको यो बस्तीमा अहिले शहरका जस्तै ढलान घर बनेका छन् । पुराना घर हराउदै गएका छन् । नयाँ पिलर घर थपिने क्रम रोकिएको छैन ।

केही बर्षअघि प्युटारमा कृष्ण सापकोटाले ढलान गरेर घर बनाए । बस्तीकै नमूना घर दरिएको सापकोटाको घरसँगै अहिले बस्तीमा दर्जनौ पिलर घर जन्मिएका छन् । ‘प्युटार अब सानो तिनो शहर नै बनिसक्यो ।’ उनी भन्छन् ।

प्युटारमा उस्तै आधुनिक सडक बन्ने क्रममा छ । वगुवा वागमती खोलाबाट दुई लेनको कालोपत्रे सडक विस्तार हुँदेछ । वगुवा, प्युटार, आश्राङ्ग हुँदै गिम्दी, ठुलादुलुङ्ग, कालेश्वर, मानिखेल जोडिने यो सडक बहुबर्षिय योजना सहित विस्तारै कालो पत्रे हुँदै जाने ललितपुरका प्रदेश सासंद चेतनाथ सञ्जेल बताउछन् । उनी भन्छन्, ‘यो वर्ष प्रदेशको २५ करोड ७ लाख बजेटमा वगुवादेखि घट्टेखोलासम्म सडक बन्दैछ । यो सडक विस्तार रोकिदैन ।’

प्युटारको थाङ्गसिङटारमा प्रदेशस्तरिय १५ शैयाको अस्पताल बन्न शुरु भएपछि अव प्युटार दक्षिणपश्चिम ललितपुरका केन्द्र बन्ने निश्चित भएको गिम्दीका सामसेवी कृष्ण बल दाबी गर्नुहुन्छ । उहाँ भन्नु हुन्छ’‘दक्षिण ललितपुरसँगै उत्तरी मकवानपुरबासी समेत स्वास्थ्य सेवा लिन यहाँ बजार आएपछि प्युटार थप गुल्जार हुन्छ ।’

प्युटार बजारमा रहेको कालिदेवि माविमा केही समयअघि प्राविधिक शिक्षा शुरु भएपछि प्युटारको रौनक वदलिएको विद्यालयका प्रधानाध्याक ठाकुर लामा बताउछन् । उनी भन्छन्, यहाँ प्युटार बाहिरबाट पनि पढ्न विद्यार्थी आएका छन् । यहाँ कोठा भाडामा लिएर पढ्ने विद्यार्थी आउदा प्युटारको अर्थतन्त्रमा योगदान छ ।’

वागमती गाँपालिका ७ प्युटारमा वडाध्यक्ष नारायण बहादुर घले प्युटारलाई समृद्ध बनाउने अभियानमा लागेको दाबी गर्नुहुन्छ । उहाँ भन्नु हुन्छ,‘यहाँ भुकम्पपछि ६० प्रतिशत आधाुनिक घर बनेका छन् । ती मध्ये १० वटा आरसिसि ढलानका घर छन् । यो बन्ने क्रम अझै जारी छ ।’
वडाध्यक्ष घले भुकम्पले प्युटार आधुनिक बन्न सहयोग गरिरहेको दाबी गर्छन् । जनप्रतिनिधि भएको नाताले प्युटार समृद्ध बनाउन कोसिस गरिरहेको उनको भनाई छ ।

प्युटार बजारमा होटल व्यावसाय गर्दै आएका सापकोटा आफ्नो व्यापार बढ्दै गएको बताउछन् । उनी भन्छन्, ‘आजकल पसलमा खाजा खान टाढा टाढा मा मान्छे आउछन् ।’

स्थानीय राजनीतिक नेता दिपक लामाले भर्खदै प्युटारमा रेष्टुरेण्ट खोलेका छन् । काठमाडौं हेटौडा जोड्ने कान्तिलोकपथको मध्यभागमा पर्ने बगुवा छेउमा रहेको प्युटारमा व्यापार चम्कने अनुमान लगाएर रेष्टुरेण्ट खोलेको लामा बताउछन् । भन्छन्, ‘विस्तारै व्याापार बढ्दैछ ।’

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।