Logo

बैंकिंग

सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अनलाइन मार्फत दिन सकिने 



सानिमा बैंकले अनलाइन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ । बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिने छ । 

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् बैंकले जानकारी दिने छ । 

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुने विस्वास राखेको छ । 
यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।

सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ ।

सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १२ : ४१ बजे