Logo

अनलाइनपाना खोज

ठगी प्रकरणमा मुछियो सांग्रिला बैंक, कार्यालयबाटै समातिए बैंकका हाकिम



काठमाडौं । बैंकिङ क्षेत्र पारदर्शी क्षेत्र हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र नेपाल राष्ट्र बैंकको नियमनमा चल्ने बैंकहरु अन्य क्षेत्रको तुलनामा धेरै पारदर्शी हुन्छन् । तर सांग्रिला डेभलपमेन्ट बैंकका कारणले भने बैंकिङ क्षेत्र नै बद्नाम हुने खतरामा पुगेको छ । ठगी प्रमरणका बैंक नै मुछिएको छ । अवैध कारोबारमा संलग्न भएको पाइएपछि बैंकका हाकिमलाई प्रहरीले कार्यालयभित्रैबाटै पक्राउ गरेको छ ।

घटना दाङ जिल्लाको हो । ५० लाख ठगी मुद्दामा दाङ घोराहीका विकाश पुन केही दिन पहिले पक्राउ परेका थिए । ठगी मुद्दामा पक्राउ परेका पुनलाई अवैध कारोबारमा बैंककै कर्मचारीहरुको सहयोग रहेको पाइएको छ । सो मुद्दामा सांग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको सांग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको जनाएको छ ।

उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ । यद्यपि, यसको अनुसन्धान भने सकिएको छैन । लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

कपिलबस्तु जिल्लाको बाणगंगा–४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका–१५ का पुनविरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरिहरेको छ ।

५० लाख ठगी प्रकरणमा सांगिला बैंकको ‘कनेक्शन’

यी समाचार पनि पढ्नुहोस् ।

सांग्रीला बैंकमा भीआरएस आतंक : कर्मचारीको जागिर चैट ! जनताको पैसाको दोहन

सांग्रिला बैकको अर्को बदमासी बाहिरियो, कमिसनको चक्करमा खराब कर्जा प्रवाह

साँग्रिला बैंकमा अर्पणाको हालिमुहाली, सिईओ श्रेष्ठ निरीह हुँदा कर्मचारी असुरक्षित

सांग्रिला बैंकमा नोकरशाही आतंक, राम्रा कर्मचारी निकालिदा यसरी डुब्दैछ बैंक

साँग्रिला बैंकमा अर्पणा आतंक, बैंकको साख र कारोबारमा धक्का

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १०:१९   :  बजे

16.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।