Logo

ग्रामिण विकास लघुवित्तको नाफामा ४५७ प्रतिशतको वृद्धि, अन्य सूचक कस्तो ?



ग्रामिण विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाकिस वित्तिय विवरण सार्वजनिक गरेको छ । जसामा लघुवित्तको नाफा ४५७ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ४५७.२३ प्रतिशतले धेरै हो । लघुवित्तको नाफामा खुद ब्याज आम्दानी पनि बढेको छ।

लघुवित्तको निक्षेप ९ प्रतिशत र कर्जा १८ प्रतिशतले बढेको छ। खराब कर्जामा पनि उल्लेख्य सुधार गरेको देखिन्छ। उसको खराब कर्जा ७ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ।

९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट बढेर ३८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ छ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ३ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।