Logo

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अध्यादेश सिफारिस गरिने



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्‍न लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्‍न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । मन्त्री ज्ञवालीका अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ । 

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको ज्ञवालीको भनाइ छ । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिरहेका छन् । 

सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  १० : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।