प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा खुलेर लागेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले सरकारमा सहभागी हुनको लागी १० वटा पद माग गरेको छ । ठाकुर समूहले आठ वटा मन्त्री र दुईवटा राज्यमन्त्री गरी दश वटा पद माग गरेको हो ।
सरकारमा सहभागिताको समय र मन्त्रालयको संख्यामा बारेमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ठाकुर समूहको छलफल चलिरहेको छ । उक्त छलफलमा प्रधानमन्त्री ओलीले पाँच मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन आग्रह गरेको बालुवाटार श्रोतको दावी छ ।




















प्रतिक्रिया