काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको हो ।
खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले अन्य उमेर समूहका लागि लगाउनका लागि खोप कम हुने भएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने बताए । यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको मन्त्रालयको अनुमान छ ।
हिमाली जिल्लाका हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने निर्णय भएको डा. गौतमले बताए ।




















प्रतिक्रिया