Logo

राजनीति

महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री ओलीकै कब्जामा, महन्थलाई ‘सत्ताको ललिपप’



प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे पनि महत्वपूर्ण मन्त्रालय भने आफ्नै कब्जामा राखेका छन् । 

रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय भने ओलीले आफ्नै मातहतमा राखेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । 

उनले एमालेबाट रघुवीर महासेठलाई उपप्रधानमन्त्री मन्त्री बनाउँदै परराष्ट्र, शेरबहादुर तामाङलाई स्वास्थ्य, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्री र बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका छन् ।

निर्णायक समयमा सरकारलाई सघाएको भन्दै मन्त्रालय उपहार दिउका ओलीले वास्तवमा महन्थ ठाकुर समूहलाई ललिपप देखाएको भन्दै टिप्पणी भइरहेको छ । ओली सरकारमा सहभागी भएको राजेन्द्र महतो नेतृत्वको जसपालाई सबैभन्दा महत्वपूर्ण भनेर सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

यस्तो छ ओलीले जसपालाई दिएको मन्त्रालयको विवरण

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।