कोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा प्रहरीले १ जना इञ्जिनियरलाई पक्राउ गरेको छ । रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत इञ्जिनियर ३६ वर्षीय शेषमणि पौडेलले सोही गाउँपालिकाकी २० वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।
पीडित किशोरीले दिएको जाहेरीका आधारमा इञ्जिनियर पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।
पीडित किशोरी कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएकी थिइन् । घरभन्दा अलि टाढा (एकान्तस्थानमा) रहेको धारामा नुहाउने क्रममा बोतलमा पानी भर्ने बहानामा पुगेका पौडेलले आफूमाथि बलात्कार प्रयास गरेको पीडित किशोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन् ।
यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



















प्रतिक्रिया