Logo

डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने वढी



डडेल्धुरा : जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।  पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले  जानकारी दिएका छन् । 

जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा  गरी १७८ जना सक्रिय  सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एकजना मात्रै  सङ्क्रमित पुष्टि भएको उनले बताए ।  सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् । सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने  निको भएकाको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  १२ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।