Logo

साताको सुरुवात : नेप्सेमा अर्को ऐतिहासिक उछाल, झन्डै २० अर्बको कोरोबार 



बुल रनमा रहेको बजार अघिल्लो सातादेखि नै नयाँ नयाँ उचाई चुमिरहेको छ । 

यस साताको पहिलो दिन पनि शेयर बजारले नयाँ ऐतिहासिक विन्दु चुमेको छ । शेयर परिसूचक अल टाइा हाइमा रहँदा कारोबार पनि भन्डै २० अर्ब रुपैयाँ बराबरको भएको छ । 

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले उकालो लाग्दै हालसम्म कै उच्च विन्दु २९८३.११ अंकको विन्दुमा बन्द भएको छ । डेढ प्रतिशतले बढेको बजारमा शेयर बजारका सम्पूर्ण सूचकहरु १ प्रतिशत भन्दा धेरैले बढेका छन् । 

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २.१९ प्रतिशत अर्थात ११.५४ अंकले बढेर ५३९.४२ अंकको विन्दुमा बन्द भएको छ । 

आइतबार शेयर बजारमा ऐतिहासिक कारोबार भएको छ । दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयरको खरिदविक्री हुँदा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

शेयर संख्या र कारोबार संख्याका आधारमा नेश्नल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता शेयरको खरिदविक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा यूनाइटेड इदिमर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ । 

आइतबारको समूहगत परिसूचकमध्य वित्त, विकाश बैंक र जलविद्युत समूहको परिसूचकमा उछाल देखिएको छ ।

१३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक घट्दा बाँकी ७ समूहको परिसूचक बढेको छ । विकाश बैंक ८.२४ प्रतिशत, वित्त ७.१४ प्रतिशत जलविद्युत ६.१० प्रतिशत, होटल्स् तथा पर्यटन ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले बढेको हो । बाँकि समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् । 

१.३० प्रतिशतले बढेको बजारमा एक सय ४ कम्पनीको शेयर मूल्य बढ्दा ७४ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी चार कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 
   

 

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ३ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।