सिंहदरबारभित्र निर्माण भइरहेको संसद् भवनबाट खसेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार निर्माणाधिन भवनबाट खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भइ हाल सोही भवनमा बस्दै आएका १८ वर्षीय युवक भीमा दोर्जेको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार शुक्रबार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।
उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

















प्रतिक्रिया