Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमई बैंकको २७३औं एटीएम बुटवलको देवीनगरमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको एटीएम संख्या २७३ पुगेको छ ।

उक्त एटीएम सेवाको मंगलवार बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रूपमा गरे ।

सो अवसरमा वडाध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैंकको एटीएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताए । कार्यक्रममा स्थानीयवासी र बैंकका कर्मचारीको समेत उपस्थिति थियो ।

ग्लोबल आइएमई बैंकले २८९ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।