Logo

कर्पोरेट फोकस

राष्ट्र बैंकबाट दुई महिनामा बैंकहरुले लिए रु. १६ खर्ब ५३ अर्ब सापटी



काठमाण्डौ । चालुु आर्थिक वर्षको दुुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले दुुई महिनामा १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका हुन् । भदौ मसान्त अर्थात आजमात्रै १० बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४३ करोड रुपैयाँ राष्ट्र बैंकबाट सापटी लिएका छन् ।

चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए भने भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका छन् ।

बैंकिङ प्रणालीमा तरलताको अभाव बढ्दै गएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुविधाको प्रयोग गर्दछन् । राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई ८।५० प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा दिँदै आएका छन् ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  २ : २३ बजे