Logo

अर्थ

नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरको सहमति



आजमिति २०७९/०६/२६ गते नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्था द्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरुलाई एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षज्यूहरुद्धारा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ । (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति गरियो । संयुक्त मर्जर समितिका संयोजकका रूपमा श्री क्षितिज खड्कालाई मनोनित गरिएको छ ।

मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।