Logo

अघिल्लो दिन स्थिर रहेको सूनको मुल्यमा आज गिरावट



नेपाली बजारमा मंगलबार(आज) सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ९६ हजार १ सयमा स्थिर रहेको सुनको मूल्यमा आज भने ३ सयको गिरावट आएको हो । 
सुनचाँदि महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय कायम रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९५ हजार ३ सय छ भने चाँदीको मूल्य १३ सय १० कायम भएको छ । 

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार