काठमाडौं । नेकपा (एमाले) कर्णाली र काेशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ ।
आइतवार भएको मतदानको आज मतगणना हुने भएको हो । कोशीमा आज दिउँसोदेखि मतगणना शुरू हुने निर्वाचन कमिटीले जनाएको छ । गएरातिदेखि शुरू भएको मतदान आज बिहान सकिएको थियो ।
९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए । अध्यक्षका प्रत्यासी विनोद ढकाल र घनश्याम खतिवडा प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।
यस्तै कर्णाली प्रदेशमा नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन् ।
एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।




















प्रतिक्रिया