काठमाडाैं । इजरायल र प्यालेस्टाइनकाे युद्वका कारण नेपाल फर्कन चाहने नेपाली विद्यार्थीलाई लिन आज राति काठमाडाैबाट जहाज जाने भएकाे छ ।
राति ११ बजे नेपालबाट उडेकाे जहाज दुबई ट्रान्जिट हुँदै इजरायल पुगेर नेपाली विद्यार्थीहरु लिएर आउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । सरकारकासँग इजरायलमा रहेका नेपालीहरुले छिटाे उद्धार गरिदिन गुहार मागेका थिए ।
अन्य देशका नागरिकहरु स्वदेश पुगिसके पनि नेपालीहरुकाे उद्धार हुन ढिलाई भइरहेकाे थियाे । सरकारले आज राति नेपाली विद्यार्थी नेपाल ल्याउन जहाज पठाउने भएकाे हाे ।
बुधबार राती नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअविव जाने भएको हाे । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । काठमाडौं-दुबई-तेलअभिभ फ्लाईट साढे ११ बजे हुनेछ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जना हाराहारी यात्रु काठमाडौं ल्याउने गरी जान लागेकाे हाे ।
याे पनि पढ्नुहाेस्
तत्काल स्वदेश फर्काउन इजरायलमा रहेका विद्यार्थीको आग्रह
इजरायलमा खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्
के इजरायलमा हमासको आक्रमण इरानसँग जोडिएको छ?
इजरायलमाथिको आक्रमणबाट हमासले के पायो, अब अगाडि बढ्ने बाटो के छ ?
इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल ल्याउन सरकारलाई निर्देशन
इजरायलबाट फर्किन २ सय नेपालीले दिए निवेदन, उद्धारका लागि निगम र हिमालयको जहाज पठाइने
प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ । एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले उक्त स्थानमा आक्रमण गर्दा उनीहरुको निधन भएको हो ।
इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् । शनिबार साँझ हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन् ।
दूतावासले नेपाल सरकार र इजरायल सरकारसँग समन्वय गरी विवरण संकलनका लागि आइतबार रातिदेखि अनलाइन रजिस्ट्रेसन सुरु गरेको थियो । सोमबार साँझ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरूलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ–संस्थाको सहयोगमा उद्धार गरिएर सुरक्षित स्थानमा राखिएकाे छ ।
सरकारले स्वदेश आउन चाहेका नागरिकको उद्धारका लागि नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको विमान चार्टर गर्ने निर्णय गरेको थियाे । सोमबारको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि नियुक्ति गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय समेत गरेकाे थियाे ।
कति छन् उद्धारको पर्खाइमा?
इजरायलमा रहेका र स्वदेश फर्कन चाहनेका लागि तेल अभिभस्थित नेपाली राजदूतावासले अनलाइनमार्फत् विवरण सङ्कलन गरिरहेको छ।
त्यस क्रममा मङ्गलवार बेलुकासम्म ३५० जना नेपालीहरूले स्वदेश फर्कन अनलाइन आवेदन दिएको दूतावासले जनाएको छ। दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “इजरेल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरेली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहनुभएका ७२ जना नेपाली विद्यार्थीहरूलाई अझ सुरक्षित ठाउँमा सारिएको छ।”
दूतावासले बेपत्ता भएका एकजना नेपालीको खोजी कार्य पनि जारी रहेको वक्तव्यमा उल्लेख गरेको छ। त्यसमा भनिएको छ, “हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चार जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै छ भने हराइरहेको एक जना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ।”
-समाचार अपडेट गरिएकाे छ ।





















प्रतिक्रिया