Logo

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण खारेज गर्न २१ दलहरुको माग



यहि कात्तिक १९ गतेबाट भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले गर्न लागेको ३ दिने नेपाल भ्रमण खारेज गर्न २१ दलका संगठनले माग गरेका छन् । २१ दलकोे प्रतिनिधित्व गर्दै संगठनको तर्फबाट सीपी गजुरेलले आज एक अपिल जारी गरेका छन् ।

यदी सरकारले नरभानेको नेपाल भ्रमण रद्द नगरे शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने चेतावनी २१ वटै ुंगठनले दिएका छन् । बिरोध कार्यक्रमका लागि सम्पूर्ण देशभक्तहरुलाई सहभागी हुन पनि आह्वान गरिएको छ । यो अवस्थामा सेनाध्यक्ष नरभानेले नेपाल भ्रमण गरे नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने संगठनको ठम्याइ छ ।

नेपाल भारतबीच कालापानीको विवाद समाधानमा चासो नदिई उल्टै भारतका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजिनु आपत्तजिनक भएको २१ दलको भनाइ छ । नेपाली भूभागमा कालापानी, लिम्पीयाधुरा र लिपुलेकमा भारतले एकलौटी रुपमा मानसरोबर जानेबाट बनाएर उद्घाटन गरेपछि नेपाल भारतबीच सीमा बिवाद छ ।

यसअघि नेपाल भारत सीमा विवादका विषयमा भारतीय सेनाध्यक्ष नरभानेले दिएको अभिव्यक्ति विवादित बनेको थियो । उनले नेपाल अरुको इसारामा चलेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको भनाइलाई लिएर नेपाल भारत दुवै मुलुकमा व्यापक आलोचना भएको थियो । यता नेपाली सेनाले भने नरभानेको नेपाल भ्रमण परम्पराको निरन्तरता भएको स्पष्ट पारेको छ ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार