Logo

अन्तर्वार्ता

दक्षिण कोरियाले हाम्रो मौलिक छ्याङ हामीलाई नै बेचि रहेको छ : शेर बहादुर/उषाकला



गाँजा उत्पादनलाई बैधता दिएर नेपाली जनताको आर्थिक स्तर उकास्न सकिन्छ भन्दै अभिव्यक्ति दिएका पूर्व मन्त्री एवम् सांसद शेर बहादुर तामाङले पुन: त्यो कुरा दोहोर्‍याएका छन् । साथै प्रदेश नं. १ की सांसद उषाकला राईले आफ्नो देशमा बनाएको छ्याङ अवैध भनेर पोख्दै गर्दा दक्षिण कोरियाले हाम्रै छ्याङ हामीलाई नै बेचेर हाम्रो देशको सम्पत्ति लग्न सक्नु हाम्रो दुर्भाग्य भएको बताएकी छिन् । नेकपाका नेता समेत रहेका सांसदद्वयले अनलाइनपाना संवादका क्रममा यी कुराहरु बताएका हुन् ।

सांसद तामाङले नेपालको मौलिक जडिबुटीमा प्रतिवन्ध लगाएर आफ्नो उत्पादन लाद्न बिदेशीले खेलेको खेलमा हामी फसेको बताए । “हामी आफ्नो जमिनको अर्ग्यानिक औषधीलाई विष देखेर प्रतिवन्ध लगाउँछौं अनि बिदेशीले केमिकल हालेर बनाएको औषधी जति भन्छ त्यतिमा किन्न हतारिन्छौं” – सांसद तामाङले बताए । जनताले चाहेको काम गर्न सकिदैन भने जनताले नेतालाई बोकि राख्नु वा टिकाई राख्नु जरुरी छैन भन्दै उनले यही सरकारले कानुन बनाएर गाँजा खेतीलाई बैधता दिनु पर्ने बताए ।

त्यसैगरी १ नं. प्रदेश सांसद उषकला राईले हाम्रो हिमालमा हामीलाई देखाई देखाई बेचिएका बिदेशी रक्सीले हामीलाई गिज्याई रहेको बताईन् । नेपाली कोदोको रक्सीको गुणस्तरमा ध्यान दिएर ब्याण्डको सट्टा ब्राण्ड बनाउँनु पर्ने उनको तर्क छ । आफुले सकेसम्म केन्द्रबाटै यस्तो कानुन बनोस् भन्ने चाहेको बताउँदै उनले यो सम्भव नभए आफुले प्रदेशबाट नै विधेयक ल्याउँन प्रस्तावको तयारी गरिरहेको बताईन् ।

अरु पुरा संवाद यो भिडियोमा :

 

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ९ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।