Logo

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल यथास्थानमा



नेपाल  अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा यथास्थामा नै रहेको छ ।

आईसीसीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको नयाँ वरीयता सार्वजनिक गर्ने क्रममा नेपाल १६ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १६ औं स्थानमा नै रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटीङ अंक पाएको छ ।

नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी(ट्वान्टी प्रतियोगिता खेलेपछि कुनै पनि अन्तराष्ट्रिय खेल खेकेको छैन । गत वर्ष नेपालमा भएको ऐतिहासिक एकदिवसीय सिरिज खेलेपछि नेपालले कुनै पनि एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छैन ।

एकदिवसीय वरीयता सार्वजनिक गर्ने क्रममा क्रमशः इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा अष्ट्रेलिया र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।