Logo

प्रमुख समाचार

एमाले-कांग्रेसको गठबन्धन सरकार भ्रष्टाचारको खोजविन र कारबाहीका लागि : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारको खोजविन र कारबाहीको लागि बनेको दाबी गरेका छन् ।

आइतबार एमालेनिकट खेलकुद विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्ने बताएका हुन् । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणको नाममा ढाकछोप गर्न स्ट्रन्टबाजी नगर्ने उनको भनाइ छ ।

‘अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्ट्रन्टबाजी गर्ने र भ्रष्टाचार छोप्ने काम गर्नका लागि होईन । भ्रष्टाचार खोजविन गर्ने र कारबाही गर्नका लागि बनेको हो यो सरकार । त्यसकारण यसले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्छ,’– उनले भने ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार २१:५८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।