Logo

स्वास्थ्य

२४ घण्टामा २७५३ जनामा कोरोना संक्रमण पुष्टि , २२०६ जना डिस्चार्ज



नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५५ हजार १ सय १४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार १६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।