अहिले सत्तारुढ दल नेकपाको विवाद चरमोत्र्षमा पुगेको छ । एकातिर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता छन् भने अर्कोतर्फ अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङलगायत नेताहरु छन् । गत शनिबारको दुई अध्यक्षको बैठकमा ओलीले विवादबीच पार्टी चलाउनु भन्दा छुट्टाछुट्टै हुने प्रस्ताव राखेपछि अहिले पार्टी मिल्ने कि फुट्ने भन्नेमा दुवैतिर दोधार छ । पार्टीको विवादका विषयमा हामीले पूर्वमाओवादीका तर्फबाट स्थायी समिति सदस्य बनेका पहिलाका प्रचण्डका विश्वास पात्र अहिलेका ओलीका विश्वासपात्र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विवादबीच एउटै पार्टीमा बस्नुभन्दा छुट्ट छुट्टै हुने प्रस्ताव शनिबार अर्का अध्यक्ष प्रचण्डसँगको बैठकमा राख्नु भयो भन्ने समाचार बाहिर आएका छन् ? के नेकपा अब फुटको दिशातर्फ लम्किएको हो ?
म अहिले बाहिर छु । समाचारहरु त्यस्तै आएका छन् । मलाई त्यस्तो लाग्दैन् । पार्टी नै फुट्ने कुरो त कसैको हितमा हुँदैन । प्रधानमन्त्रीजीले पार्टी फुटाउनु पर्छ भन्नुभयो भन्ने मलाई लाग्दैन् । म मन्त्रालयको काम र व्यक्तिगत काममा लागेको छु । काठमाडौं आइसकेपछि मात्र बल्ल भेटघाट भएपछि यर्थाथ कुरो थाहा हुन्छ । तर, अध्यक्षद्वयबीच पार्टी नै फुटाउने कुरा भएको भन्ने सत्य हो जस्तो मलाई लाग्दैन ।
प्रचण्डले आइतबार खुमलटारमा अन्य नेताहरुलाई ओली कामरेडले यस्तो भन्नुभयो भनेर व्रिफिङ गरिसक्नुभयो ?
स्वयंम पार्टीको अध्यक्ष भएर प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिनु भयो भन्ने लाग्दैन् । कुन सन्दर्भमा के कुरो भएको हो त्यसलाई टुइस्ट गरेको पनि हुनसक्छ । जहाँसम्म लाग्छ कुनै पनि नेताले म पार्टीको निर्णय मान्दिन् । तपाइँ जे गर्नुहुन्छ गर्नुस् भन्छ भन्ने लाग्दैन् ।
स्वयंम आँफै अध्यक्षले पार्टीको नीति माँन्दिन भन्न त कहाँ सक्ला र । छलफल गर्दैगर्दा केही पनि सिप नलागेपछि के गर्ने त ल विभाजनमा नै जाने हो भने विभाजनमा जानोस भन्नुभयो होला । तैपनि मलाई त्यस्तो भन्नुभयो जस्तो लाग्दैन ।
तर, बाहिर आएका कुरा अनुसार प्रधानमन्त्रीले प्रष्ट रुपमा भन्नुभयो रे–प्रचण्डजी म पार्टीको निर्णय माँन्दिन, सचिवालयको निर्णय मान्दिन, केन्द्रिय समितीको निर्णय मान्दिन, स्थायी समितिको पनि निर्णय मान्दिन तपाइँहरु जे मन लाग्छ त्यही गर्नुस् ?
बाहिर जे आए पनि स्वयं आफू पार्टीको अध्यक्ष र प्रधानमन्त्री रहेको व्यक्तिले त्यस्तो भन्नुभयो होला जस्तो लाग्दैन । दुई अध्यक्षबीचमा आ–आफ्ना अडान राख्ने कुरा मिलेन भने अन्य साथीहरुसँग पार्टीका बैठक बोलाएर छलफल गरौं भन्ने कुरा पो हुन्छ त । कुरा मिलेन अब पार्टी विभाजन गरौ भन्ने कुरा हुन्छ जस्तो मलाई लाग्दैन ।
विभाजनका विषयका बाहिर आएका कुरा त पुष्टि भइसके । अब विभाजन रोक्न सम्भव हुन्छ कि हुँदैन, के लाग्छ यहाँलाई ?
जसरी हामीले पार्टी एकता गर्यौ त्यसलाई पनि धेरैले असम्भव भन्दै थिए । अहिले पनि पार्टी एकता बचाउनपर्छ । आम पार्टी कार्यकर्ता र जनताको भावना पार्टी फुट्नु हुन्न भन्ने छ । जुन आशा, भरोसा र अपेक्षा राखेर नेकपालाई जनताले दुई तिहाइको नजिक पु¥याएका छन्, त्यो नेताहरुले भुल्नु हुँदैन ।
तर, प्रधानमन्त्रीका मन्त्रीमण्डलको पुनर्गठनमा, कर्णाली प्रदेशको विवाद, भारतीय गुप्तचर प्रमुखलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर भेटेको विषयमा पार्टी र नेताहरुबीच चरम असन्तुष्टि देखिन्छ । अझ प्रधानमन्त्री नै जे गर्छौ गर, मान्दिन भन्नुहुन्छ, कसरी मिल्ला र ?
कसको निर्णय कसलाई मन परेन भन्ने विषयलाई प्राथमिकता दिनु हुन्न । अरुलाई विधि र पद्धतीको कुरा गर्ने आफूले जे मन लाग्यो त्यही गर्ने गर्नु हुन्न । नेतृत्वले अरुलाई विधि÷पद्धति भन्ने आफुले नमान्ने यो जुन व्यवहार छ यसलाई बदल्नुपर्छ । मन पर्ने र नपर्ने त सबैकुरा कहाँ सबैलाई मन पर्छ । मन परेन भने पार्टीमा छलफल गरेर समाधान निकाल्नु पर्छ ।
अझ प्रधानमन्त्रीका सल्लाहकारहरुले भेटेरै प्रदीप नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएका समाचार बाहिर आएका छन् । सल्लाहकार समूहका सदस्यहरुले नेता नेपाललाई भेटेका तस्बिर पनि सार्वजनिक भएका छन् ?
उहाँले त्यस्तो भन्नुभयो होला भनेर लाग्दैन् । भेटघाट त अन्य विषयमा पनि हुन सक्छ ।
प्रधानमन्त्रीकै प्रतिक्रिया आइसकेको छ, प्रचण्डजीले अब सँगै जान सकिदैन मसँग भन्नु भएको छ भनेर ?
प्रचण्डजीले यसो भन्नु भाछ भन्ने कुरा प्रधानमन्त्रीले भन्या हो भने त केही अभिव्यक्तिमा कहीँ न कहीँ कन्फ्युजन छ । अब त्यो प्रचण्डले भनेको हो भने पनि गलत कुरा हो । सँगै बस्न सकिन्न भन्ने हो भने हिजो कसरी सँगै जानुभयो उहाँ ? त्यो प्रश्न पनि आउला । हिजो के÷के थियो सहमती प्रचण्ड र प्रधानमन्त्री ओलीजीको बीचमा ? के मिलेर एकता भयो अहिले कँहानिर के मिलेन र फुट्नुपर्यो ? यो त आम जनता र कार्यकर्तालाई दुवै नेताले जवाफ दिनुपर्ला नि ।
मन्त्रिपरिषद्मा भागवण्डा मिलेन र अहिले यस्तो अवस्था आयो जस्तो देखिन्छ यहाँले के बुझ्नु भएको छ ?
भागवण्डाकै निम्ति पार्टी नै फुटाउनुपर्छ भन्ने पक्षमा त कोही पनि हुँदैन । थुप्रै कार्यकतासँग भेटघाट गर्दा कोही पनि पार्टी फुटको पक्षमा छैैनन् । नेताहरुले अरुलाई विधि÷पद्धती भन्ने विधिरपद्धती आचरणमा बस्नपर्छ भन्ने अभिव्यक्ति दिँदा अलि व्यवस्थित ढंगले पार्टी र जनताको हितमा दिनुपर्छ । त्यो भएन भने अब यी नेताको पक्षमा लाग्न सकिन्न भन्ने एक खालको मनोविज्ञान बनिरहेको छ । यो कुरा गम्भीरतापुर्वक नेतृत्वले बुझ्न जरुरी छ ।
पार्टीका महासचिव विष्णु पौडेलले नै पार्टी एकता संकटमा पर्यो भनेर आफै भन्नुभएको छ यसलाई आम नागरिकले कसरी बुझ्ने ?
नेताहरुको दोहोरी चलेपछि उहाँले एकता संकटमा पर्यो भनेर भन्नु स्वभाविक हो । एकता संकटमा परेपछि संकटमुक्त गर्नुपर्छ । हामीले जो छौँ हामी अलि बुद्धि र विवेक पुर्याएर एकताको पक्षमा दह्रोसँग उभिने हो भने हाम्रै बलमा यी नेता टिकेका हुन् ।
जब हामीले साथ नदिएपछि नेताले मात्र पार्टी फुटाएर के हुन्छ, फुट्दैन नी । हामी पनि नेताको एउटाको पक्ष र अर्कोको पक्ष पर्ने हो भने पाटी फुट्ने हो । दुईटैको गलत चीजलाई गलत हो भन्न सक्नुपरो ति न हामीले पनि । समस्या पार्टीभित्र नभएका होइनन् । समाधानको बाटो खोज्ने तर्फ लाग्नुपर्छ । समस्यासँग डराएर अलगा हुनेतर्फ लाग्नु च भएन नि होइन र ! राजतिलकका साथमा ।




















प्रतिक्रिया