Logo

प्रमुख समाचार

ज्योतिषी रिजालको भविष्यवाणीः कांग्रेस-एमाले सरकारको धरातल कमजोर, देउवाले चाहेकै दिन प्रधानमन्त्री बन्ने योग



नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिषीको रुपमा चिनिएका सुरेशचन्द्र रिजालले वर्तमान सरकार तत्कालै परिवर्तन हुने योग नरहेको बताएका छन् ।

आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी मंसिरसम्म राजनीतिक घटनाक्रम परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् ।

‘राजनीतिक घटनाक्रम परिवर्तन हुने सम्भावना अहिले तत्कालै देखिएको छैन, मंसिरसम्म । त्यसकारणले अहिले राजनीतिक कुरामा त्यस्ताखाले अप्ठ्यारो, अप्रिय कुनै नकारात्मक योगहरु बनेका छैनन् । त्यसकारणले गर्दा पनि अहिलेको समीकरण जुन हिसाबले चलेको छ, त्यो त्यसरी नै अगाडि बढ्छ । मंसिरभन्दा पछाडि नयाँ पञ्चाङ्ग निस्किन्छ । त्यसपछिमात्रै हामी यस विषयमा बहस गर्न सक्छौं । तर, अहिले मंसिरसम्म सरकार परिवर्तनका कुनै घटनाहरु देखिएका छैनन्,’– उने भने ।

साथै, सभापति देउवाले चाहेकै दिन प्रधानमन्त्री बन्नसक्ने योग रहेको पनि उनले बताए । तर, देशमा राजनीतिक स्थिरताका लागि देउवाले केही समय पर्खिनु नै उत्तम हुने उनको सुझाव छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार १९:०७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।