Logo

प्रमुख समाचार

सुख्खा पहिरोले अरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन



काठमाडौं । सुख्खा पहिरोका कारण अरुद्ध अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकमाथिबाट खसेको पहिरोबाट अरु सडक आज बिहान ९ बजेबाट एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको हो ।

माथिबाट खसेको सुख्खा पहिरोले सडक दुईतर्फी नै अवरोध भएको थियो । स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसीभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको बताइएको छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचबाटोमा नै रोकिएका थिए ।

शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आईतवार १४:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।