Logo

गण्डकी प्रदेश

घुम्ती निशुल्क कपडा बैंक सुरु



निर्मल लामिछाने। 

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका -८ मा  घुम्ती निशुल्क कपडा बैंक सुरु भएको छ । 

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की को प्रमुख आथित्यतामा सुरु भएको यस कपडा बैंकको उद्देश्य  भनेको असहाय, अपाङ्ग, पिडित तथा पिछडिएको बर्गलाई आवस्यकता हेरी कपडा बाड्ने रहेको छ । सैनामैना वडा स्तरिय बाल क्लवका अध्यक्ष शिबु भण्डारीका अनुसार जिल्लामा पीडितबस्तीहरु थुप्रै छन् र त्यसको लागि जाडो मौसम बढेसँगै यो अभियान सुरु गरेको बताए । 

उक्त कार्यक्रमको आयोजना सोही बाल क्लवले गरेको छ भने सह आयोजना जी बि अर्गानिक कम्पोस्ट मलको रहेको छ । कार्यक्रममा स्थानीय व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । 

 

cb2.jpg cb4.jpg cbu.jpg 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १२:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।