Logo

सुदूरपश्चिम प्रदेश

चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो



डडेल्धुरामा चितुवाको आक्रमणमा परि एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ मा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका १२ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि करीब २० वर्ष पहिले पनि अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।