Logo

कर्णाली प्रदेश

७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए



काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार २१:२७   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।