Logo

अर्थ

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीहरुले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन (भदौ २ गते)भित्र आवेदन दिनुपर्नेछ । आवेदनका लागि नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा जानुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार ११:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।