Logo

कर्णाली प्रदेश

ठूली भेरीमा बाढी, सतर्कता अपनाउन आग्रह



काठमाडौं । डोल्पास्थित ठूली भेरी नदीमा सोमबार राति बाढी आएको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीमा बाढी आएका कारण बिहानसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २६ गते, राति ८:२० बजे डोल्पा जिल्लास्थित ठूली भेरी त्रिपुराकोट जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले बिहानसम्मै सतर्कता अपनाइराखौँ,” विभागले सूचना जारी गर्दै भनेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार २१:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।