काठमाडौं । डोल्पास्थित ठूली भेरी नदीमा सोमबार राति बाढी आएको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा बाढी आएका कारण बिहानसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन २६ गते, राति ८:२० बजे डोल्पा जिल्लास्थित ठूली भेरी त्रिपुराकोट जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले बिहानसम्मै सतर्कता अपनाइराखौँ,” विभागले सूचना जारी गर्दै भनेको छ ।




















प्रतिक्रिया