काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यसै अवधिमा ३१ करोड ८१ लाख रुपैयाँ कमाएको थियाे । कम्पनीकाे नाफा १०.१३ प्रतिशत बढी हो ।
त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो । अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ ।
कम्पनीको बीमाकोष अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।
गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ रहेकोमा गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ ।
त्यसैगरी, यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ ।




















प्रतिक्रिया