Logo

गणपति माइक्रोफाइनान्सको नाफा घट्यो 



गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।  यो अवधिमा संस्थाले ११ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनामा ४३ लाख ३२ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ माइक्रोफाइनान्सको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ६.८० प्रतिशत घटेर एक करोड ८३ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, माइक्रोफाइनान्सको सञ्चालन मुनाफा पनि एक करोड ५९ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यहि अवधिमा माइक्रोफाइन्सको सञ्चालन मुनाफा ६७ लाख ८९ हजार रुपैयाँ धनात्मक थियो।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको असोजसम्ममा ३४ करोड ९७ लाख रुपैयाँ निक्षेप र एक अर्ब २ करोड ७४ लाख रुपैयाँ सापटी लिएर कूल १ अर्ब ४५ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

संस्थाको प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १९८.५३ प्रतिशत छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १४:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।