Logo

इन्स्योरेन्स

बिमा प्राधिकरणको अध्यक्ष सिफारिसका लागि समिति गठन



काठमाडौं । सरकारले बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ । अध्यक्ष सिफारिसका लागि सरकारले समिति बनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो ।

यो समितिले अध्यक्ष सिफारिसका लागि सरकारलाई तीनजनाको नाम सिफारिस गर्छ र त्यसबाट सरकारले एकजनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको थियो । ओझा बर्खास्त भएसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ०७:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।