काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो ।
कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने १९ हजार ८०५ जना सेयरधनीलाई ६३ लाख ७९ हजार ९२५ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम भदौ १८ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया