Logo

कर्णाली प्रदेश

कर्णाली राजमार्गमा पुनः पहिरो, यातायात अवरुद्ध



सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो खसेको छ ।

‎ यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

‎‎प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।

तर त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

‎‎राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०९:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।