Logo

अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्सकाेआठौं वार्षिकोत्सव सम्पन्न



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ ।

कम्पनीले मुलुकभर १ सय ४६ कार्यालय, ३ सय ६२ कर्मचारी तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा रकम २ अर्ब २३ करोड २४ लाख ९ हजार ८ सय १ तथा जीवन बीमाकोषमा १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५ सय ४५ रुपैयाँ कायम छ ।

कम्पनीको नेटवर्थ रकम रु. १५४.३५ रहेको छ । सो आधारमा कम्पनीले जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १४:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।