Logo

समाज

आईसीसी टी–२० विश्वकप छनोट भोलिदेखि सुरू, नेपालको पहिलो सामना कुवेतसँग



काठमाडौं। आईसीसी टी-द्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेल भोलि (बुधबार) बाट सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालले दोस्रो खेलामा जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको एक खेलमा मात्र सहज जित निकाल्दै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर छ ।
विश्वकप छनोटका खेलहरु अक्टोबर ८ देखि १७ सम्म हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी द्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।