Logo

समाचार

बाढीपहिरोमा परेर ५२ जनाको निधन



काठमाडौं । हालैको बाढीपहिरोमा परेर ५२ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२ जनाको निधन भएको जानकारी गराएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले पहिरोमा परेर इलाममा ३९ जना र पाँचथरमा १ जना र काभ्रेमा १ जनाको निधन भएको जानकारी दिए।

यसैगरी उदयपुरमा २ जना,धनुषामा २, इलाम, पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १/१ जनाको मृत्यु भएको जानकारी दिए ।

उनले रसुवामा ४ जना र इलाममा १ जना बेपत्ता रहेको बताए । उनले बाढी पहिरोका कारण ४७ जान घाइते रहेको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।