बृट्रिश गोर्खाली लाहरेहरुको लगानी रहेको गोर्खाज फाइनान्सले नाफामा छलाङ मारेको छ । शुक्रबार प्रकाशित वित्तिय विवरण अनुसार गोर्खाज फाइनान्सले गत आवको सोही अवधीको तुलनामा २२२ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।
यसै आवको पहिलो त्रैमासमा फाइनान्सले ६ करोड ५८ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ४ लाख मात्रै नाफा गर्न सफल भएको थियो । ३ महिनामा संचालन मुनाफा २९ करोड ३७ लाख गर्न सफल भएको छ । फाइनानसले प्रतिसेयर आन्दानीमा छलाङ मारेको छ । गत आवमा ९ रुपैयाँ ४१ पैसा प्रति सेयर आन्दानी रहेकोमा गत त्रैमासमा ३० रुपैयाँ ३६ पैसा पुर्याउन सफल भएको छ ।
८६ करोड ८९ लाख चुत्ता पुँजी रहेको गोर्खाज ले ७ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपमा गत वर्षको सोही अवधीको भन्दा ९ करोड बढाएको छ । ५ अर्ब ६७ करोड कर्जा लगानी गरेको छ । अनइ वित्तिय सुचकमा उल्लेख्य सुधामर गरेको गोर्खाजको खराव कर्जा पनि घट्दो क्रममा रहेको छ । फाइनान्सको खराव कर्जा पुरानो कर्जा उठाउन नसक्दा ४.७३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया