Logo

बैंकिंग

१ वर्षमा बैंक तथा वित्तिय सस्थाका १ हजार बढी शाखा विस्तार 



नेपालमा रहेका बैंक तथा वित्तिय संस्थाले एक वर्षमा १ हजार बढी शाखा विस्तार गरेका छन् । गत आर्थिक वर्ष २०७६–७७ को असोजमसान्तसम्म ८ हजार ६ सय ९६ शाखा सङ्ख्या भएकोमा यो असोज मसान्तसम्म ९ हजार ९ सय ३ शाखा संख्या पुगेका छन् । 

०७६ सालको भदौसम्म ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा ७४७ पुगेका छन् । 
त्यस्तै २०७६ असाजमसान्तसम्म बैंक तथा वितीय संस्थाको संख्या १६५ रहेकोमा चालु आर्थिक वर्षको असोजमसान्तसम्ममा भने १४६ कायम भएका छन् । राष्ट्र बैंकले मर्जरलाई फोर्स गर्दा बैंक तथा वित्तिय क्षेत्रहरु एकआपसमा गाभिन पुगेका हुन् । 
त्यस्तै यो आर्थिक वर्षमा नेपाल सरकर (मन्त्रिपरिषद्) को मिति २०७७–६ –०८ को निर्णय अनुसार स्वीकृत भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि (स्रोत संशोधन) २०७७ कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकका पठाइएको छ । 
त्यस्तै सोही मितिमा भएकमो अर्काे निर्णय अनुसार स्वीकृत भएको कर्जा सुरक्षण (दोस्रो संशोधन) नियमावली, ०७७ कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको छ । 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार