Logo

इटाली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश



गए राति युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।

अब इटालीले नेसन्स लिगका उपाधिका लागि स्पेन, फ्रान्स र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा इटालीको सहज जितमा एन्ड्रिया बेलोट्टी र डोमिनिको बेरार्डीले समान एक एक गोल गरे ।

खेलको २२औं मिनेटमा एन्ड्रिया बेलोट्टीको गोलबाट अग्रता लिएको थियो । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए । 

६८औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीलाई २–० ले अघि बढाए । उनले म्यानुयल लोकाटेलीको पासमा गोल गरेका थिए । 

यो जितसँगै लिग ए १ मा इटाली ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित बोस्निया २ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ । ११ अंक जोडेर नेदरल्यान्ड्स र ७ अंक जोडेको पोल्यान्ड यसै समूहमा यथावत छन् ।

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार