नेपाल एसबीआई बैंकले अघिल्लो वर्षको भन्दा कम लाभांश घोषणा गरेको छ । बैंकले ९.४७ प्रतिशत लाभांश दिन लागेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । गत वर्ष बैंकले ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख पुग्नेछ ।
प्रतिक्रिया