Logo

अर्थ

बिमा प्राधिकरणले सोध्यो हिमालयन रि-इन्स्योरेन्सका उच्च व्यवस्थापकलाई ७ दिने स्पष्टीकरण



काठमाडाैं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरण उच्च स्रोतकाअनुसार हिमालयन रि इन्स्योरेन्सभित्र कैफियत देखिएपछि कम्पनीका उच्च व्यवस्थापकहरुलाई ७ दिने स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले हिमालयन रि-इन्स्योरेन्सलाई अहिलेको लागि ७ दिने स्पष्टिकरण सोधिएको पुष्टि गरे।

यस्तै, प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलका अनुसार कम्पनीमा केही कैफियत देखिएका आधारमा उच्च व्यवस्थापकसँग स्पष्टिकरण सोधिएको हो । ‘प्राधिकरणले ७ दिने स्पष्टिकरण सोधेको छ, तर जवाफ हालसम्म आइसकेको छैन’ उनले भनिन्, ‘कम्पनीबाट चित्तबुझ्दो जवाफ नआएमा प्राधिकरणले कम्पनीका व्यवस्थापकहरुलाई आवश्यक कारबाही गर्नेछ ।’

प्राधिकरणले सीईओ उपासना पौडेलसहित, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे, सन्तोष केसीलाई सात दिने स्पष्टिकरण सोधेको हो ।

हाल सीइओ पौडेल बिरामी विदा लिएर उपचारका लागि भारत गएकी छिन् । अरु उच्च व्यवस्थापकहरु भने नेपालमै छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १७:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।